२०८१ असोज ५ गते शनिवार

अब मनोज लामिछानेलाई पार्टीले खाने पानीको नेतृत्वमा पठाउने कुरै आउँदैन – नेकपा जिल्ला सचिवालय सदस्य पदम केसी

तुलसीपुर, माघ ५ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहका दाङ जिल्ला सचिवालय सदस्य पदम केसीले तुलसीपुर खाने पानी उपभोक्ता तथा सरसफाई समितिको नेतृत्वमा अब पार्टीले मनोज लामिछानेलाई नपठाउने बताएका छन् ।फरककोण संगको फोन सम्वादतमा जिल्ला सचिवालय सदस्य केसीले अब कुनैपनि हालतमा लामिछानेलाई तुलसीपुर खाने पानीको अध्यक्षका लागि स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

‘ हाम्रो पार्टीको अब छिट्टै बैठक बस्दै छ र तुलसीपुर खाने पानीमा कस्लाई पठाउने भनेर निर्णय गर्छ,’ सचिवालय सदस्य केसीले भने ‘मनोज लामिछानेलाई अब खाने पानीको नेतृत्व गर्न पठाउने कुरा हुनै सक्दैन ।’ तत्कालिन समयमा गत चैत मै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तुलसीपुर खाने पानीको अध्यक्षका लागि हालका सचिव लामिछानेलाई अध्यक्षको उम्मदेवार बनाउने निर्णय गरेको थियो । जतिबेला उपाध्यक्षका उम्मेदवार हालका कोषाध्यक्ष सिताराम शर्मालाई बनाउने कुरा नेकपाले निर्णय गरेको थियो ।

‘त्यतिबेलाको कुरा अलग थियो,’ केसीले थपे ‘ पार्टी दूई चिरा भइसकेको अवस्थामा केपी गुटमा लागेका लामिछानेलाई हामीले अध्यक्षका लागि प्रस्ताव गर्ने कुरा हुनै सक्दैन ।’ पछिल्लो समय खाने पानीका सचिव लामिछाने केपी समुहमा लागेका छन् भने कोषाध्यक्ष शर्मा भने प्रचण्ड – नेपाल समुहमा रहेका छन् ।

अब के गर्ने भनेर आफुहरुले अन्य दलहरु संगपनि छलफल सुरु गरेको नेकपा जिल्ला सचिवालय सदस्य केसीले बताए । ‘ हामीले मुख्य गरि नेपाली काँग्रेससंग पनि छलफल र परामर्ष गरिरहेका छौं,’ केसीले भने ‘ सकभर सर्वसहमतिमा नेतृत्व चुनौ भन्ने सोचमा हामी छौं ।’जिल्ला सचिवालय सदस्य केसीले कुनैपनि हालतमा प्रतिगामी सोच र गुटका मान्छेलाई खाने पानीको नेतृत्वका लागि पठाउन नसकिने स्पष्ट पारे ।

तुलसीपुर खाने पानीका उपाध्यक्ष गिराधारी पौडैलेले आइतवार मात्रै सार्वजनिक सूचना गरि आगामी निर्वाचनका लागि माघ २० गते सम्म खाने पानी धाराको बक्यौता बुझाई सक्न आग्रह गरेका छन् । माघ २० गते भित्र मंसिर महिनासम्मको बक्यौता नबुझाउने उपभोक्तालाई आगामी निर्वाचनमा मताधिकार नरहने कुरापनि उनले स्पष्ट पारेका छन् । फागुन महिना भित्रै तुलसीपुर खानेपानीको अधिबेशन हुने र त्यसले नयाँ नेतृत्व चुन्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *