तुलसीपुर , माघ २ । पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल लगाएतका शिर्ष नेताहरु शुक्रवार बेलुका दाङ आउन लागेका छन् ।नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड –नेपाल समुहका अध्यक्ष समेत रहेका नेपाल, प्रबक्ता नारायण काजी श्रेष्ठ, पूर्व सभामुख कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य बर्षमान पुन, युवराज ज्ञवाली लगाएतका नेताहरु शनिवार आयोजित विरोध कार्यक्रमलाई सम्वोधन गर्न दाङ आउन लागेका हुन ।
शनिवार विहान ११ बजेपछि दोघरेस्थित उद्योग बाणिज्य संघको सभाहलमा हुने बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्ष नेपाल लगाएत शिर्ष नेताहरु दाङ आउन लागेको नेकपाका जिल्ला नेता पदम केसीले फरक कोणलाई बताए । ‘ पूर्व प्रधानमन्त्री नेपाल, प्रबक्ता श्रेष्ठ, पूर्व सभामुख महरा, पूर्व मन्त्री बर्षमान पुन र स्थायी कमिटी सदस्य युवराज ज्ञवाली लगाएका नेताहरु दाङका लागि हिडिसक्नु भएको छ,’ युवा नेता केसीले भने ‘ उहाँहरु सबै घोराहीमै बास बस्नु हुन्छ र शनिवारको कार्यक्रमलाई सम्वोधन गर्न आउनु हुने छ ।’
केसीका अनुसार प्रधानमन्त्री केपी ओलीको असंबैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा सशक्त आन्दोलन गर्ने गरि कार्यकर्तालाई प्रशिक्षण दिन नेताहरु दाङ आउन लागेका हुन । अध्यक्ष नेपाल, प्रबक्ता श्रेष्ठ, पूर्व मन्त्री पुन लगाएतका नेताहरु बाँकेसम्म प्लेनमा आएर त्यसपछि गाडीबाट दाङका लागि हिडि सकेको केसीले जानकारी दिए ।