२०८२ साउन १ गते बिहिवार

यस्तो थियो, तुलसीपुरको नेपाली काँग्रेसको विरोध प्रदर्शन (फोटो र भिडियोसहित)


तुलसीपुर, पुस २५ । प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको विरोधमा शनिवार नेपाली काँग्रेसले दाङसहित देशै भर विरोध पर्दशन गरेको छ । दाङका ६ वटै निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले विरोध पर्दशन गरेको हो ।

तुलसीपुरमा भएको विरोध पर्दशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, प्रदेशसभा सदस्यहरु डिल्लीबहादुर चौधरी र शंकर गिरी लगाएत सहभागि थिए । तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट नाराबाजीसहित सुरु भएको विरोध ¥याली तुलसीपुरको बीपी चोकमा आएर सभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्री ओलीले असंबैधानिक रुपमा लोकतन्त्रमाथि धावा बोलेको हुँदा उनको पतनको दिन सुरु भएको बताए । उनले ओलीको कू काँग्रेसलाई सैह्य नभएको भन्दै बिघठित प्रतिनिधिसभा पुनःस्थापना नहुँदा सम्म आन्दोलन नरोकिने बताए ।

त्यस्तै उनले अदालतले पनि ओलीको असंबैधानिक र तानाशाही कमदको खारेजी गरी संसद पुनःस्थापना गर्न लिंगरिङ गर्न नहुने धारणा राखे । प्रदेशसभा सदस्य चौधरीले ओलीले लोकतन्त्रको गला रेट्न खोजेर आफ्नो अधिनायकबादी रुप पर्दशन गरेको बताए ।

अर्का प्रदेशसभा सदस्य गिरीले जवसम्म संसद पुनःस्थपना हुँदैन तबसम्म आन्दोलन नरोकिने र त्यो आन्दोलनले ओलीको पत्तासाप हुने भविश्यबानी गरे ।

निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको विरोध सभा काँग्रेस महासमिति सदस्य देवीका नेपालीको स्वागत मनतब्यबाट सुरु भएको हो । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चूर्णबहादुर चौधरीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *