२०८१ बैशाख १५ गते शनिवार

पूर्वाधार विकासका योजना विकट बस्तीमा केन्द्रित


देउखुरी, मंसिर २५ ।
प्रदेश सांसद रेवतीरमण शर्माको सिफारिमा निर्वाचन क्षेत्र नम्बर १ (२) पूर्वाधार विकास कार्यालयमार्फत ग्रामीण बस्तीमा सडक निर्माणका योजना प्राथमिकताका साथ परेका छन् । ‘सरकारको प्राथमिकता विकट र दूरदराजको बस्तीलाई प्राथमिकतामा राख्ने हो । त्यही प्राथमिकता र निर्वाचनको क्रममा गरिएका प्रतिवद्धताको आधारमा योजनाहरु प्राथमिकतामा परेका छन्’ प्रदेश सभा सदस्य शर्माले भने । ‘सन्तुलित विकासको अवधारणा अनुसार अघि बढ्नुपर्छ र बढेका पनि छौं ।’

मंगलबार निर्वाचन क्षेत्र नम्बर १ (२) मा कार्यान्वयन हुने योजनाको स्थलगत अवलोकन गरिएको छ । यस बर्ष राजपुर गाउँपालिकास्थित जंग्रहवादेखि खाङ्ग्रा नाका सडक ५० लाख, गोठुवा सुनपथ्री सुनछहारी जोड्ने सडक ग्राभेल नाला कालोपत्रे ५० लाख, दमाराघाटदेखि जग्रहवा स्कुल हँुदै नौसहरासम्मको सडक ४० लाख, भाउनेपुर सुनपत्री सडक १ करोड २६ लाख ५७ हजार, लमही नगरपालिका बहुरादेखि गढवा गाउँपालिका जोड्ने सडक ग्राभेल र कालोपत्रे ५० लाख, लमही ३ तल्लो फल्कापुरबाट माथिल्लो फल्कापुर हुँदै जखेराताल जोड्ने सडक कालोपत्रे ५० लाख, घोराही उपमहानगरपालिकास्थित कुईरेपानी, धारपानी, भैसापथ्रा, कोरवाङ, बेलासपुर हँुदै बबई गाउँपालिका जोड्ने सडकको लागि ५० लाख बजेट बिनियोजन भएको छ ।

सांसद रेवतीरमण शर्मा, सरस्वती गौतम, पूर्वाधार विकास कार्यालय दाङका प्रमुख बासुदेव भण्डारीसहित इञ्जिनियरहरुको टोलीले स्थलगत अवलोकन, स्थानीय नागरिक, वडा तथा गाउँपालिका तहका जनप्रतिनिधिसँग छलफलसमेत गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *