तुलसीपुर, पुस २३ ।दाङको तुलसीपुरमा बिहीवारदेखि सुरु भएकोखुला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बल एपिएफ प्रदेश न ५ ले बिजयी सुरुवात गरेको छ । उस्ले उद्घाटन खेलमा ग्रेट अरनिको माबि तुलसिपुरलाई २५–१२ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगिता अन्तरगत शुक्रबार शिद्धकुमाख र सुस्ता नवलपरासी, द ब्रेभ गोरखा ट्रेनिङ सेन्टर घोराही १५ र राप्ती बबई क्याम्पस तुलसीपुर भिड्ने भएका छन् । खेल बिहान ८ बजे देखि हुनेछ । खेल तुलसीपुरको अरणिको मैदानमा भइरहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार, कप, मेडल,प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतिय हुने टिमले नगद १५ हजार, प्रमाणपत्र प्राप्त गर्ने छ ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता र गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) को प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा अन्तरास्ट्रिय खेलाडी जनककुमार बाठा मगर (जेके) बिशिष्ट आतिथि थिए ।स्वतन्त्र युवा क्लब तुलसीपर ६ राजापुरको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकाशमा टेवा पुर्याउने उदेश्यका साथ खेल आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।