२०८१ बैशाख ७ गते शुक्रवार

राजिब गुरुङ (दिपक मनाङ्गे) भोलि दाङ आउदै

तुलसीपुर, पुस २२ । गण्डकी प्रदेशका सांसद राजिब गुरुङ(दिपक मनाङ्गे) भोलि दाङ आउदै छन । तुलसीपुरमा स्वतन्त्र युवा क्लवले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता उद्घाटन गर्न सांसद गुरुङ दाङ आउन लागेका हुन् ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ तुलसीपुरको अरनिको मैदानमा भोलि देखि भलिबल प्रतियोगिता हुदैछ । उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक एच.आर मगरले जानकारी दिएका छन ।

भोली बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुनेछ । प्रतियोगितामा विजेता समूहले नगद ५० हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता समूहले नगद २५ हजार तथा ट्रफि,मेडल र प्रमाणपत्र र तृतीय हुने समूहले नगद १५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरि प्रतियोगितामा टिम दर्ता शुल्क रु पाँच हजार तोकिएको क्लवका अध्यक्ष सन्दिप गौतमले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *