२०८१ भाद्र २८ गते शुक्रवार

सल्यानमा केपी समुहले जिल्ला, क्षेत्रदेखि पालिका स्तरसम्म छुट्टै कमिटी गठन ग¥यो

सल्यान, पुस २२ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ ।केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा समूहको मंगलबार सल्यान सदरमुकाम खलंगामा आयोजित राष्ट्रिय युवा संघ र अनेरास्ववियुको जिल्ला भेलाले जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

संयोजक रुपक बुढा र सहसंयोजक नवराज वली रहेको १ सय ३५ सदस्यीय युवा संघको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको नेकपा सल्यानका जिल्ला कमिटी सदस्य महेश देवकोटाले जानकारी दिए ।

भेलाले सल्यानका सबै स्थानीय तहहरुमा पालिका संयोजकहरु पनि तोकेको छ । राष्ट्रिय युवा संघ शारदा नगरपालिकाका प्रविण घर्ती मगर, बागचौर नगरपालिकामा टेक बहादुर बस्नेत र बनगाड कुपिण्डे नगरपालिकामा कुल बहादुर विरहीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको जिल्ला संयोजक रुपक बुढाले बताए ।

उक्त बैठकले कुवेर केसीलाई कपुरकोट, यम डिपलव भण्डारीलाई त्रिवेणी, दिलिप रावतलाई कालिमाटी, इन्द्र केसीलाई दार्मा, शेरबहादुर चन्दलाई कुमाख, धनबहादुर खत्रीलाई छत्रेश्वरी र जितबहादुर बोहोरालाई शिद्धकुमाख गाउँपालिकाको संयोजक तोकेको छ ।

साथै क्षेत्रीय कमिटीको लागि पनि संयोजक चयन गरेको छ । सल्यान निर्वाचन क्षेत्र ‘क’ मा इन्द्रजित भाट र ‘ख’ मा डिल्लीराज खड्कालाई क्षेत्रीय संयोजकको जिम्मेवारी दिइएको छ ।


त्यस्तै भेलाले रामबहादुर केसी संयोजक र यकराज थापासह संयोजक रहेको १ सय १ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी पनि गठन गरेको छ ।

राष्ट्रिय युवा संघका सल्यान संयोजक रुपक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद गुलावजंग शाह, ओली समुहका केन्द्रीय सदस्यहरु लोकबहादुर डाँगी, कुलबहादुर गिरी, जिल्ला कमीटी सदस्यहरु महेश देवकोटा, मनोज सिंह, जनक विक, दिपेन्द्र प्रकाश डिसी, ओमबहादुर बुढा, कवी चन्द, गणेशमान सिंह, ओमप्रकाश बुढा, देवेन्द्र रोका, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबिर पुन, राष्ट्रिय युवा संघका कर्णाली प्रदेश सदस्य सञ्जीता शर्मा, प्रदेश समन्वय परिषद् सदस्य द्रोण केसी, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश वली लगाएतले मन्तव्य राखेका थिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज वोहोराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला संयोजक रामबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *