२०८१ भाद्र २५ गते मङ्गलवार

प्रचण्ड–नेपाल समुहले परियारलाई कारवाही ग¥यो

डाँगीलाई सहसंयोजकको जिम्मेवारी


तुलसीपुर, पुस १६ । नेकपा प्रचण्ड–नेपाल समुहले अनेरास्वबियूका जिल्ला सहसंयोजक सर्जन परियारलाई पदमुक्त गरेको छ । परियारलाई कारबाही गर्दै उनको ठाउँमा रबिन्द्र डाँगीलाई चयन गरिएको छ । पार्टी हित बिपरित कार्य गरेको हुँदा परियारलाई कारवाही गर्नु परेको अनेरास्वबियूका नेता प्रकाश रावतले जानकारी दिएका छन् ।

अनेरास्वबियूका तिलक भण्डारीको अध्यक्षतामा भएको भेलाले परियारलाई कारवाही गर्दैै रिक्त रहेको उनको ठाउँमा डाँगीलाई जिम्मेवारी तोकेको हो । त्यसक्रमा नेकपा दाङका संगठन विभाग प्रमुख कृष्ण भुसाल, नेकपा तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष खुसिराम चौधरी लगाएतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र अलोकतान्त्रिक कदमको अनेरास्वयू खुलेरै बिरोधमा उत्रन आग्रह गरेका थिए । ओलीको प्रतिगामी कदम नसच्चिए सम्म आन्दोलन गर्न तयार रहन नेताहरुले बताएका थिए ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *