दाङ, पुस १६ । नेकपाका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले सूर्य चिन्ह र देशभरका पार्टी कार्यालय आफुहरुकै भएको दाबी गरेका छन् । युवा संघ दाङले विहीवार दाङमा घोराहीमा आयोजना गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै बस्नेतले सूर्य चिन्ह, जवज, मदन भण्डारी र देशभरका पार्टी कार्यालय आफुहरुका भएको बताएका हुन ।
पुर्व मन्त्री बस्नेतले भने ‘ त्यसमा कसैले पनि कुुनै खाले दुविधा नपाले हुन्छ ।’त्यस्तै बस्नेतले प्रचण्डले सूर्य चिन्हको माला लगाएर निर्वाचन आयोगमा जाँदैमा सूर्य चिन्ह नपाउने बताए । विगतमा प्रचण्डले आफु र छोरीलाई चुनाव जिताउन सूर्य चिन्ह च्यात्ने,टोेक्ने जस्ता गतिबिधि गरेको हुँदा त्यस्तो व्यक्तिलाई सूर्य चिन्ह दाबी गर्ने नैतिकता नरहेको बस्नेतको तर्क छ ।
‘सूर्य चिन्ह हाम्रो हो, बाघको छालामा स्यालको रजाई यहाँ चल्दैन,’ बस्नेतले भने । तर, बस्नेतले प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिने धारणा राखे । ‘प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिन्छ’ उनले भने ‘ तर अहिलेको अवस्थामा उनीसंग छलफल गर्ने ठाउँनै छैन ।’
सरकारले नयाँ जनादेशको लागि चुनाव घोषणा गरेको र अव चुनाव हुनेमा कुनै दुविधा नरहेको उनले दाबी गरे ।
उनले जनताको माझमा जान डराउनेहरु चुनाब हुँदैन भनेर कराउने गरेको आरोप लगाए । संसद विगठन गरेर चुनावमा जाने निर्णय कानुनी रुपमा ठिक भएको दाबी उनले गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरीले प्रचण्ड माधव समुहसँग चुनावमा जानको लागि कुनै ऐजेण्डा नभएको वताइन । प्रचण्ड माधव सममुहले पार्टी भत्काएको समेत उनको आरोप छ । कार्यक्रम पुर्व ओली समर्थकले घोराहीमा ¥याली निकालेका थिए ।