दाङ, पुस १६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु कारवाहीमा पर्ने डरका कारण अख्तियार लगाएतका सैंवैधानिक नियुक्तिमा अड्चन खडा गरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बिहीबार जिल्ला पार्टी कार्यालय प्यूठानमा आयोजना गरेको जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले अख्तियारमा मान्छे आए आफुले कारवाही भोग्नु पर्छ भन्ने त्रासले संवैधानिक नियुक्तहरु गर्न नदिएको आरोप लगाएका हुन ।
‘संवैधानिक नियुक्तिहरु गर्नुपर्छ भन्ने केपी अलोकतन्त्रिक हुन कि त्यो रोक्न खोज्नेहरु,’ पोखरेले प्रश्न गरे ‘ निर्वाचनमा जाउँ, जनतामा जाउँ भन्नेहरु लोकतन्त्रबादी हुन कि जानुहुन्न भन्नेहरु हुन ?’जनतामा जानु नै लोकतन्त्र भएको दाबी गरेका उनले जनताका बीचमा जान नचाहानेहरु नै अधिनायकबादीहरु भएको बताए ।
उनले अहिलेपनि लोकतन्त्रका सबै अब्यबहरु चलायमान रहेको हुँदा सडकमा कराउनेहरुको कुनै तुक नभएको जिकिर गरे । ‘प्रनिनिधिसभा विघटन भएर के हुन्छ,’ उनले भने ‘बोल्नलाई राष्ट्रियसभा छँदै छ नि । त्यहाँपनि काँग्रेसका मान्छेहरु छन् र प्रचण्ड– नेपालका मान्छेपनि होलान नि।’
प्रमुख प्रतिपक्षी दलले भन्दापनि जोडबलले प्रचण्डहरुले सरकारलाई असफल देखाउन अनेक प्रत्यन्त गरेपछि तथा काम गर्न नपाएपछि बाध्य भएर प्रतिनिधिसभा भंग गरि निर्वाचनमा जानु परेको मुख्य मन्त्री पोखरेलले दाबी गरे ।कार्यकारी अध्यक्षले संगठन निर्माणमा ध्यान दिन छोडेर प्रधानमन्त्रीको कुर्सी मात्रै ताकेको हुँदा समस्या भएको बताए । उनले प्रचण्डले सपनामा समेत प्रधानमन्त्री मात्रै देख्ने गरेको आरोप लगाए ।
नेपालको नयाँ नक्सा जारी भएपछि र त्यो नक्सा पारित गर्न संविधान संशोधन भएपछि केपी ओलीलाई हटाउने अभियान प्रचण्डले सुरु गरेको मुख्य मन्त्री पोखरेलले आरोप लगाए । पदका लोभि प्रचण्डले पूर्व एमाले कब्जाको अभियान थालेपछि पार्टीमा समस्या भएको उनले बताए । हाल आएर सुदुरपश्चिममा पार्टीको खाताको पैंशा समेत प्रचण्ड–नेपालहरुले अन्तै राखेको कुरा सनुेको उनले बताए ।
पोखरेलले भने ‘उहाँको नजर पार्टीको सम्पत्ति र जग्गा जमिनमा मात्रै छ ।’उनले पार्टी बैधानिकताको सवालमा प्रथम अध्यक्षकै हस्ताक्षर निर्वाचन आयोगमा चल्ने र महासचिवले टिप्पनी उठाउने हुँदा स्वतह ओली पक्ष बैधानिक हुने दाबी गरे । ‘ अब साढे ४ सय जनाले हैन १२ सय जनाको लाइनले बैधानिकता पुष्टि गर्छ,’ पोखरेले भने ‘किनकी निर्वाचन आयोगमा हामीले विस्तार गरेका १२ सय जना केन्द्रीय कमिटी निर्वाचनमा अयाोगमा दर्ता भइसकेको छ ।’