२०८१ बैशाख १२ गते बुधवार

बागमतीलाई हराउँदै सुदूर पश्चिम सेमिफाइनलमा

दाङ,पुस १६ । कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

समूह ुबीु मा रहेको सुदूर पश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहिबार दिनको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गर्यो ।

खेलमा सुदूर पश्चिमले दिएको ७७ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमती निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा सुदूर पश्चिमलाई सेमिफाइनल पुग्न प्रयाप्त बन्यो ।

ब्याटिङमा बागमतीका लागि ओपनर ब्याटर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।

बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूर पश्चिमकी कविता जोशीले सानदार बलिङ प्रस्तुत गरिन् । उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट हात पारिन् ।

आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारेकी थिइन् । यस्तै टोलीका लागि कविता कुवँर , रितु कनौजिया र लक्ष्मी साउदले पनि १(१ विकेट लिएका थिए ।

त्यसअघि खराब मौसमका कारण ११ ओभर मा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ७६ रन बनाएको थियो ।

टिमले उक्त योगफल बनाउने क्रममा डली भट्टले आक्रमक ब्याटिङ गरिन् । अविजित रहेकी उनले मात्र १४ बलको सामना गर्दै २ चौका र २ छ्क्कासहित २८ रनको योगदान गरिन् ।

यस्तै टोलीका लागि ओपनर ब्याटर कविता कुवँरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् । ३० बलको सामना गरेकी उनले १ चौकासहित उक्त रन बनाएकी थिइन् ।

यी दुई बाहेक टोलीका लागि कविता जोशीले १२ रन , मन्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिइन् ।

बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट हात पारिन् । भने निशा तामाङले पनि १ विकेट लिएकी थिइन् ।

सेमिफाइनल पुग्ने क्रममा सुदूर पश्चिमले समूह चरणमा ३ खेल मध्य २ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता सुदूर पश्चिमसँग पराजित भएको बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो । यस समूहबाट सुदुर पश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरेको छ ।

यस्तै समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । प्रतियोगिताको दुबै सेमिफाइनल खेल पुस १८ गते हुनेछ । भने फाइनल खेल पुस १९ गते हुनेछ ।

 

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *