दाङ, पुस १६ । नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्नेत र सांसद सर्वेन्द्र खनालका विरुद्ध स्ट्याटस लेखेको आरोपमा बाँकेका एक ब्यक्तिलाई गिरफ्तार गरिएको छ । नेपाली काँग्रेसका क्रियासिल सदस्य डिल्लीबहादुर चन्दलाई गिरफ्तार गरिएको छ ।
चन्दले झन्डै ७÷८ महनिा पहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए । त्यही स्ट्याटस लेखेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का चन्दलाई पुस १४ गते राति गिरफ्तार गरिएको छ । गोर्खाज फाइनास्समा डिउटी बसे चन्दलाई त्यहीबाट गिरफ्तार गरिएको चन्दको पारिवारीक स्रोतले जनाएको छ ।
यसैबीच नेपाली काँग्रेस बाँकेले बुधवार एक बिज्ञप्ति प्रकासित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अबस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्त संग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न उपसभापति राणनाले माग गरेका छन् ।
उपसभापति राणाले गिरफ्तार गरि बेपत्ता पारिएका चन्दको अवस्था सार्वजनिक नगरिए कडा कदम चाल्न बाध्य हुने चेनावनी पनि दिएका छन् ।