दाङ,पुस १५ । सात बर्षदेखि छोरी बेपत्ता रहेको भन्दै आफ्नो छोरी खोजीदिन बाबुले याचना गरेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ कटाहाँका ६७ बर्षीय बाबु मोबिर डाँगीले आफ्नी ३३ बर्षीया छोरी ओमसरा डाँगी घर्ती सात बर्ष अघिदेखि बेपत्ता रहेको भन्दै खोजी गरिदिन सबैसंग याचना गरेका छन् ।
रोल्पा जिल्लाको सुकिदह गाउँपालिका वडा नं.३ जिनाबाङ घरबिर गाउँकी छोरी बिदेश गएको भन्ने सुनेपनि हालसम्म सम्पर्क बिहिन रहेको हुँदा खोजीका लागि सहयोग गरिदिन डाँगीले याचना गरेका छन् ।
श्रीमान रोजगारीका लागि भारतमा गएको समयमा ओमसरा बिदेश गएको भन्ने आफुले सुनेको र त्यसपछि बेपत्ता रहेको बुवा मोबिरले बताए ।
उनी बिदेश गएको भनिएकै बर्ष ओमसराले आफ्नी सासुआमालाई ४५ हजार रकम पठाइदिएको भन्ने सम्म खुल्न आएको डाँगीले बताए ।
त्यसपछि ओमसरा हालसम्म सम्पर्क विहिन रहेको हुँदा खोजी कार्यमा सहयोग गरिदिन देश विदेशमा रहेका सबैमा डाँगीले आग्रह गरेका छन् ।
‘छोरी बिदेश गए नगएको समेत कतैबाट पुष्टि हुन सकेको छैन,’ डाँगीले भने ‘ मेरी छोरीले पढे लेखेकी पनि छैन ।’
सासुलाई एक पटक पठाएको ४५ हजार पैंशा कहाँबाट आएको हो रु भन्ने बारेमा समेत खुल्न नसकेको डाँगीले बताए ।
‘ज्वाँई भारतमा छँदै छोरी बिदेश गएको भन्ने छ,’ डाँगीले भने ‘गएको बर्ष पैंशा पठाएपनि त्यो पैंशा कहाँबाट आएको होरु भन्ने समेत सम्दिनीले ख्याल राख्नु भएन छ । त्यसले छोरी कहाँ छ भन्ने समेत पत्ता लाग्न सकेको छैन।’
सात बर्षदेखि आमा सम्बर्प बिहीन भएपछि ओमसराका एक छोरी र दूई छोरा लगाएत परिवारका सदस्य चिन्तित बनेका छन् ।