२०८१ भाद्र २६ गते बुधवार

ओली तानाशाही र गणतन्त्र विरोधी हुन – प्रचण्ड

काठमाडौं, पुस १४ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही र गणतन्त्र बिरोधी भएको बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओली संविधान र गणतन्त्रमाथि प्रहार गरेर आफुलाई तानाशाही सावित गरेको बताए ।

‘केपी गणतन्त्रको पक्षमा हुनुहुन्न र उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने सिद्धान्त थाहा थियो,’ प्रचण्डले भने ‘संघीयता र धर्मनिरपेक्षताविरोधी हो भन्ने थाहा थियो, तैपनि विश्वास गरियो र आजा धोका पाइयो ।’

कुनै दिन जनताको आँधीहुरी आएपछि ओलीले त्यो मानिदिएँ भन्ने गरेको स्मरण गर्दै तर समयले ओली बयलगाडा सिद्धान्तमा नै रहेको स्पष्ट भएको प्रचण्डले दोषारोपन गरे । ‘हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ,’ प्रचण्डले भने ‘केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।’

ओलीले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहार गरेको हुँदा आन्दोलन गर्नुपरेको तर्क गरे ।

प्रधानमन्त्री केपी ओली निरंकुश तानाशाह भएको भन्दै दाहालले ओलीले देशलाई भड्खालोमा हालेको आरोपपनि लगाए । केपी ओली विचारमा पनि स्खलित भइसकेको भन्दै प्रचण्डले कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको आरोप लगाए ।

ओली गणतन्त्र, संघीयताविरोधी भएको आरोप पनि प्रण्चडले लगाए । आफुले कम्युनिष्ट प्रधानमन्त्रीका कारण यति छिट्टै सडकमा आउनु पर्ला भनेर नसोचेको समेत बताए ।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *