धनगडी, पुस १४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन ।
पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले मंगलवार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पदमुक्त गरेका हुन ।
बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । उनी डडेलधुराबाट प्रदेशसभा सदस्यमा निर्वााचित भएका थिए ।
प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार