तुलसीपुर, पुस १३ । नेकपा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समुहले तुलसीपुरमा सोमबार बेलुका मसाल जुलसु प्रदर्शन गरेको छ । पुस १४ गते प्रचण्ड– नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमका बिरुद्ध देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्न लागेको छ ।
त्यसको पूर्व संध्यामा प्रचण्ड – नेपाल समुहले तुलसीपुरमा साँकेतिक विरोध स्वरुप मसाल जुलस प्रदर्शन गरेको अनेरास्ववियूका एक नेता प्रकाश रावतले फरककोणलाई जानकारी दिए । अनेरास्ववियू र युवासंघले आयोजनामा भएको मसाल जुलुस प्रदर्शन तुलसीपुरको बाहिनी चोकबाट सुरु भइ बीपी चोकमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै युवासंघका केन्द्रीय सदस्य प्रविण वलीले प्रधानमन्त्री ओलीको कदम असंबैधानिक र गणतन्त्र विरोधी भएको बताए । त्यस्तै युवासंघका जिल्ला सहसंयोजक माधव बुढाथोकीले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक चरित्र नदिएको र उनी अधिनायकबादी सैलीमा अगाडि बढ्न खोजेको आरोप लगाए ।
अनेरास्ववियुका प्रकाश शर्माको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सञ्तोष वलीले गरेका थिए ।