२०८१ भाद्र २८ गते शुक्रवार

पुस १७ गते राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस


काठमाडौं, पुस ११ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो। संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो ।

संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते विघटन गरेकी थिइन ।

संघीय संसद्को यसअघिको अधिवशेन असार १८ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अचानक अन्त्य गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *