लमही, पुस १० । दाङको लमहीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको हो ।
प्रतियोगितामा एउटा एपिएफको विभागिए टिम र सात प्रदेशका गरि आठ वटा टिमले प्रतिपर्धा गर्ने भएका छन् । क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
‘प्रतियोगिताको सबै तयारी पुरा भएको छ । शनिवार विहान ९ बजेबाट खेल सुरु हुने छ,’थापाले भने,–‘पुस १९ गते सम्म प्रतियोगीता चल्ने छ।’ प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगीतामा भाग लिने चार वटा टिमका खेलाडी लमही आइपुगेका छन् । बाँकी खेलाडी आउने क्रममा जारी रहेको आयोजकले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमका कारण ७÷८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगिता पुनः सुरु हुदा खेलाडी उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगिता आयोजना गरिएको छ ।
यस्तो छ, खेलतालिका
आठ वटा टिमलाई दूई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश परेका छन् ।
‘बी’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ परेका छन् । लमहीमा दैनिक दूईवटा प्रतियोगिता सञ्चालन गरिने भएको छ । शनिबार पहिलो खेल विहान ९ बजेबाट हुने छ ।
लुम्बिनी प्रदेश र प्रदेश नं. २ का बीचमा उद्घाटन विहान खेल हुने भएको छ । दिउँसो १ बजेदेखि एपिएफ र कर्णाली प्रदेशका बीचमा खेल हुने छ ।
त्यस्तै १२ गते विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको बीचमा हुने भएको छ । उक्त दिन दिउँसोको खेल एपिएफ र प्रदेश नं. २ का बीचमा हुने भएको छ । १३ गतेको पहिलो खेल प्रदेश नं. २ र कर्णाली प्रदेश र दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको बीचमा हुने भएको छ ।
त्यस्तै १४ गते बिहानको खेल सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश र दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं. १ का बीचमा हुने भएको छ । १५ गते बिहानको खेल सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ का बीचमा र दिउँसो खेल बागमती प्रदेश र गण्डकी प्रदेशका बचिमा हुने भएको छ ।
त्यस्तै १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको बीचमा र दिउँसोको खेल गण्डकी प्रदेश र प्रदेश नं. १ को बीचमा हुने भएको छ ।पुस १७ गतेदेखि सेमिफाईनल चरणका खेलहरु सुरु हुने छन् । विहान ‘ए’ गु्रपको विजेता र ‘बी’ गुप्रको रनर अफको बीचमा खेल हुनेछ ।
दिउँसोको सेमिफाइनल खेल बिजेता गु्रप ‘बी’ र रनर अफ गु्रप ‘ए’ का बीचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागि पुस १९ गते भिड्ने छन् ।
प्रतियोगिताको टिभिबाट प्रत्यक्ष प्रशारण हुने
शनिबारबाट हुने क्रिकेट प्रतियोगीताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट गरिने भएको छ । डिसहोम र क्यान विच सम्झौता गरेर पुस ११ बाट १९ गते सम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने छ ।