२०८१ भाद्र २५ गते मङ्गलवार

राजनीतिमा पुनरागमनभ ए लगतै चिनियाँ राजदुतले महरालाई भेटिन

दाङ, पुस १० । राजनीति पुनरागमन भए लगतै पूर्व सभामुख कृष्णबहादुर महरालाई नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसंग भेटघाट गरेकी छन् ।

यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक बिषयमा छलफल गरेकी हुन ।नेपाल कमन्युष्ट पार्टी (नेकपा) बिभाजन भएपछि राजनीतिमा उदाएका महरासंग राजदुतले भेट्नुलाई राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ ।

वर्तमान प्रधानमन्त्रीले एकलौटी रुपमा संसद विघटनपछि दूई भागमा विभाजित भएको नेकपा भित्र राजनीतिक सरगर्मी बढिरहेका समयमा चिनियाँ कमन्युष्ट पार्टीसंग नजिक देखिने महराले गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपाको विवाद मिलाउन पटक÷पटक भूमिका खेलेकी राजदुत यान्छीले नेकपाको पुनः एकता र त्यसका लागि महराको पहलका बारेमा जिज्ञासा राखेकी थिइन ।जवाफमा महराले आफू अझैपनि पार्टी एकता कै पक्षमा रहेको र अझै एकताका लागि आफुले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *