काठमाडौं, पुस ९ । नेकपा केपी शर्मा ओली पक्षले विधान संशोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षबाट हटाएको बेहोरो निर्वाचन आयोगमा पेश गरेको छ ।
बिहीवार दिउँसो ओली समुहले निर्वाचन आयोगमा पुगेर उक्त बेहोरो पेश गरेको हो । बुधबार मात्रै नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले निर्वाचन आयोगमा पुगेर ओलीलाई अध्यक्षबाट हटाएको जानकारी दिएको थियो।
ओली पक्षले पार्टीको निर्णय एक जना अध्यक्षले प्रमाणीकरण गरे पुग्ने व्यवस्था समेत गरेको छ । ओली पक्षले थप गरिएका ५ सय ५६ जना केन्द्रीय सदस्यको सूची समेत निर्वाचन आयोगमा पठाएको छ। ओली पक्षले केन्द्रीय समिति ११९९ बनाउने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार