२०८१ भाद्र २३ गते आइतवार

रामचन्द्र पौडेलले केपी ओलीलाई भने हिम्मत भए तनहुँमा म संग चुनाव लड्न आउनुहोस

काठमाडौं, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ह्मिमत भए तनहुँमा आफुसंग चुनाव लड्न आउन निम्ता दिएका छन् ।  

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई  अन्तबार्ता दिने क्रममा पौडेल तनहुँमा निर्वाचन हार्ने त्रासका कारण पौडेलले चुनावको बिरोध गरेको आरोप लगाएका थिए । 

नेता पौडेलले केन्द्रीय कार्यसमितिमा बैठकपछि त्यसैको जबाफ दिदै बिहीवार पत्रकारसँग प्रधानमन्त्री ओलीलाई तनहुँमा चुनाव लड्न आउन  आग्रह गरेका हुन । 

आफुले तनहुँबाट पाँचपटक चुनाव जितेको उल्लेख गर्दै बरिष्ठ नेता पौडेलले हिम्मत भए अबको  चुनावमा तनहुँ आएर आफुसंग चुनाव लड्न आग्रह गरेका हुन । ‘तनहुँ आउनुहोस म तपाँई संगै चुनाव लड्न तयार छु,’ पौडेले भने ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *