२०८१ असोज ५ गते शनिवार

दाहाल समुहले ओलीलाई कारवाही गरेको कपि निर्वाचन आयोगमा बुझाइयो


काठमाडौं, पुस ६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको कारबाहीबारे सोमवार दिउँसो निर्वाचन आयोगमा जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीमाथि गरेको कारबाहीबारे दाहाल – नेपाल समुहले निर्वाचन आयोगलाई जानकारी दिएको एक नेताले बताए ।

संसद बिघटन गरेकै दिन आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको थियो । सोही निर्णय स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोग पुगेर निर्वाचन आयोगलाई जानकारी गराएका हुन ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *