२०८१ असोज ४ गते शुक्रवार

ओली पक्ष र प्रचण्ड पक्षले एकै दिन अलग÷अलग बैठक डाके


काठमाडौं, पुस ६ । प्रधानमन्त्री तथा नेकपाका केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । बैठक मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्रीले बोलाएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि मंगलबार नै दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रचण्ड – नेपाल समुहले पहिले नै बैठकको बोलाइ सकेका थिए । तर, सोमबार दिउँसो मात्रै प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक डाकेका हुन । त्यसअघि सदन विघटन गरेको दिन आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरिसकेको छ ।

ओली पक्षले भने त्यो बैठकलाई अबैधानिक भनेको छ । मंगलवारको बैठकले एक पक्षले अर्कौ पक्षलाई कारवाही गर्न सक्ने पूर्व अनुमानहरु राजनीतिक बृतमा भइरहेका छन् ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *