२०८१ भाद्र २५ गते मङ्गलवार

पार्टी भित्रबाटै घेराबन्दी भएपछि संसद बिघटन गर्नु प¥यो – प्रधानमन्त्री ओली


काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रैबाट सरकारमाथि असहयोग र घेराबन्दी भएपछि संसद विघटन गर्नु परेको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसैले आफुले जनताको बीचमा जाने निर्णय लिएको बताए ।

आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन अवस्था सिर्जना गरिएपछि निर्वाचनको घोषणा गर्नु परेको उनले जिकिर गरे । पार्टी भित्रकै केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण मध्याबदी निर्वाचनमा जानु परेको उनले तर्क गरे । उनले विपक्षी दललाई पनि उछिनेर सरकारविरूद्ध केही नेताले विरोध र नकारात्मक सोचमा लागेको जिकिर गरे ।

ओलीले पार्टीका केही साथीहरुले महाधिवेशनका लागि ४ महिनापनि कुर्न नसकेको बताए ।
उनले सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश दिएको भन्दै रोष प्रकट गरे । पुस ५ गते संसद विघटन गरेपछि उनले आगामी २०७८ साल वैशाख १७ र २७ गते मध्याबदी निर्वाचनको घोषणा गरेका छन् ।

त्यस्तै ओलीले पार्टीको लेटरप्याड दुरुपयोग गर्दै संविधान, पार्टी र पद्धतिविपरित आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको बताएका छन् । ओलीले संसदीय दलको नेता र प्रधानमन्त्रीलाई थाहै नदिई संविधानविपरित पार्टी, पद्धति र प्रणाली विपरित प्रस्ताब ल्याइएको जिकिर गरे ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *