२०८१ भाद्र २३ गते आइतवार

संसद बिघटन असंबैधानिक कदम ः शान्ति समाज

दाङ,पुस ५ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनका लागि चालेको असंबैधानिक तथा स्वच्छेचारी कदमका बिरुद्ध मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ । शान्ति समाज दाङ शाखाले तुलसीपुरमा प्रर्दशन गरेको हो । समाजका केन्द्रीय महासचिब सुशील बस्नेतको नेतृत्वमा शान्तिपुर्ण प्रर्दशनमा नागरिक समाज,पत्रकार,कानून ब्यबसायि,अधिकारर्कीहरुको सहभागिता रहेको थियो ।

बिरोध सभालाई समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले प्रतिनिधि सभा असंबैधानीक,स्वच्छेचारी एवं अलोकतान्त्रीक भएको बताए । उनले भने,संसद बिघटन लोकतान्त्रको सबैभन्दा ठुलो उपहास हो । बिरोध सभामा बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले कुशासनमा लिप्त ओली सरकार प्रतिगमनको सबैभन्दा ठुलो मतियार भएको बताए ।

उनले भने,पार्टी भीत्रको कलहलाई ब्यबस्थापन गर्न नसक्ने ओललीले सनकका भरमा प्रतिनिधि सभा बिघटन गरेको बताए । उक्त अबसरमा दलीत अधिकारकर्मी देवीका नेपाली,अपाङगताको तर्फबाट हुमाकान्त कँडेल र यज्ञ बिकले प्रधानमन्त्रीले संसद बिघटनको कदमलाई तत्काल सच्याउनुपर्ने माग गरे ।

बिरोध प्रदर्शनको अध्यक्षता शान्ति समाजका शाखा सभापति शरद रेग्मी र सहजिकरण सदस्य भीमलाल मरासिनीले गरेका थिए । शान्ति समाजले प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमका बिरुद्ध देशब्यापी बिरोध प्रदर्शन शुरु गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *