घोराही, पुस ३ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले द्धन्दप्रभावित विपन्न तथा जेहेन्दार गरि एक हजार बालबालिकाको पढाईमा सहयोग गर्दै आएको जानकारी दिएको छ । नर्सरीदेखि उच्च शिक्षासम्म र प्राविधिक तहको शिक्षामा समेत संस्थाले विद्यार्थीलाई नियमित सहयोग गर्दै आएको संस्थाकी सचिव शिवा योगीले जानकारी दिइन ।
कोरोना कहरका बीच दाङ, रोल्पा, प्यूठान, सल्यान लगायतका जिल्लाका स्थानीय तहहरुको समन्वयमा स्थानीय तह एवं विपन्न परिवारलाई खाद्यान्य र स्वास्थ्य सामाग्री सहयोग गरेको योगीले बताइन ।
संस्थाले क्वारेन्टिन र आइसोलेनमा बसेका मानिसका लागि पनि मनोपरामर्ष सेवा प्रदान गरेको जनाएको छ ।
संस्थाले मावि सेवार बनगाँउमा १२ लाखको लगातमा सभाहल निर्माण गरेको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन । उद्यमसिलता विकाशमा आफुहरु तल्लिन भएर लागेको उनले बताइन । यो संस्था विक्रम संवत २०५० सालमा स्थापना भएको हो ।