काठमाडौं, पुस १ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक तत्काल बोलाउन माग गरेको छ।बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गरेको हो।
बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसंग माग गरेको छ । त्यस्तै मंसिर २९ गते देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवादसमेत दिएको छ।देउवा निवासमा करिब तीन घण्टा छलफल भएको थियो ।
प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार