२०८१ भाद्र २३ गते आइतवार

विप्लवले पुनको मृत्यु बारे छानविन गर्न अधिकारकर्मी गुहारे


दाङ, मंसिर ३० । सरकारद्धारा प्रतिवन्धित समुह नेत्र विक्रम चन्द (विप्लव)ले म्याग्दीका जगेन्द्र पुन (जगत)को मृत्युप्रकरण बारे सत्यतथ्य छानविन गर्न अधिकारकर्मीहरु संग माग गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लवले मंगलवार एक विज्ञप्ति मार्फत मानबअधिकारबादी, कानुनविदहरु संग पुनको मृत्यु प्रकरणबारे तथ्य तथ्य कुरा सार्वजनिक गर्न माग गरेका हुन । पुनको मृत्युबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विप्लवले राज्यको नियन्त्रणमा रहेका उनको उपचार नपाएर मृत्यु भएको उल्लेख गरेका छन् ।

‘राज्यको नियन्त्रणमा रही विरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको बास्तबिक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लंग भएको छ,’ बिप्लवले लेखेका छन् ‘ आफु बिरामी भएको जानकारी गराउँदा समेत समयमै उपचार कार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत अपारधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ।’बिप्लवले घटनाबारे छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *