२०८२ असार ३० गते मङ्गलवार

अध्यादेश संविधानको मर्म र भावना विपरित –डा.शेखर कोईराला

दाङ, मंसिर ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपतिले जारी गरेको अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको टिप्पनी गरेका छन् ।

भारतको दिल्लीमा रहेका नेता कोइरालाले ट्वीट गर्दैै अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

‘संविधानको मर्म र भावना विपरीत ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस,’ उनले लेखेका छन्–‘यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो ।’

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि नेता कोईरालको त्यस्तो भनाई सार्वजनिक भएको हो ।

राष्ट्रपतिको कदमलाई काँग्रेस नेता कोईरालाले त्यसलाई आफुहरुले भन्दै आएके अधिनायकवादको सिँढीको संज्ञा दिएका छन् ।

नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बरिष्ठ नेता झलनाथ खनाल लगाएतका नेताहरुले पनि अध्यादेश बदनियतपूर्ण तरिकाले आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *