२०८१ असोज ४ गते शुक्रवार

राष्ट्रपतिले संवैधानिक परिषद सम्वन्धि अध्यादेश जारी गरिन

काठमाडौं,मंसिर ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन ।

उनले मंगलबार दिउँसो परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधिसम्वन्धी अध्यादेश जारी गरेकी हुन ।

जारी अध्यादेशमा के छ रु भन्ने विषय सार्वजनिक भइसकेको छैन।

गणपुरक संख्या पुर्याउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट बाटो फुकाएको हुनसक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्रीले यसअघि पटक÷ पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्याउन सकेका थिएनन् ।

सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो।

यसैबीच प्रधानमन्त्री ओलीले मंगलवार साँझ ५ बजेका लागि परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ ।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ।

हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा गएका छैनन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *