२०८२ असार ३० गते मङ्गलवार

ओली सरकार भीरमा पुगेर लड्नै लागेको अवस्थामा छ – काँग्रेस नेता गिरी

तस्विर : झुपू क्षेत्रीको फेसबुकबाट

घोराही, मंसिर २९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आठ महिनादेखि सदन बन्द गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकबादी चरित्र पर्दशन गरेको बताएका छन् । सोमवार नेपाली काँग्रेसले घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका गिरीले नेकपाको दूई तिहाई बहुमतको सरकारले लोकतन्त्रको घाँटी निमोठ्ने षडेन्त्र गरिरहेको आरोप लगाए ।

सदन बन्द गरेर प्रधानमन्त्री ओली आठ महिनादेखि बालुवाटारदेखि सिंहदरबार नगएको उनले बताए । आफुलाई लोकतान्त्रिक र गणतान्त्रिक दाबी गर्ने सरकारले आठ महिनादेखि सदन बन्द गरेर प्रतिपक्षको आवाज कुन्ठित गर्न खोजेको उनको भनाई थियो ।

बिकाश र स्थायित्वको लागि भनेर कम्युनिष्टले जनतालाई झुक्याएर भोट मागेपनि यो सरकारले जनजिविकामा कुनै मतलव नगरेको गिरीले आरोप लगाए । त्यस्तै नेता गिरीले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले आफैंले आफैलाई भ्रष्टचारी घोषणा गरि सकेको तर्क गरे । नेकपाका दूई अध्यक्षले स्थानीय कमिटी बैठकमा पेश गरेका प्रतिबेदनले उनीहरुको को हुन ? भन्ने प्रमाणित भइसकेको नेता गिरीले बताए ।

‘प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड बीचको लिखित दस्ताबेजले सबै कुरा छर्लंग भइसकेको छ,’ नेता गिरीले भने ‘ प्रचण्ड र ओलीले पेश गरेको लिखित प्रस्ताबले दुबैले आफुले आपंmैलाई भ्रष्टाचारी घोषणा गरिसकेका छन् ।’

विरोधसभामा नेता गिरीले वर्तमान ओली सरकार भीर पुगेर लड्नै लागेको अवस्थामा पुगेको दाबी गरे । अब यो सरकारलाई कसैले बचाउन नसक्ने उनले बताए । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धडपकड र आक्रमणको निन्दा गरिन ।

‘हाम्रा बरिष्ठ रामचन्द्र पौडेलमाथि आक्रमण गर्ने यो सरकारले तपाँई हामीलाई बाँकी राख्छ भन्ने कल्पना पनि नगर्नुहोला,’ उनले भनिन् । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले काँग्रेसलाई नजिस्काउन चेतावनी दिए । ‘जुनबेला तत्कालिन राजाले गिरिजाबाबुलाई तर्साउन खोजे, गिरिजाबाबुलाई खोतले त्यसपछि काँग्रेसले दूई सय चालिस बर्षको राजतन्त्र फाँकी दिएको इतिहास छ,’ चौधरीले भने ‘ त्यसैले केपी ओली तपाँई धेरै जुर्मराउन जरुरी छैन । काँग्रेसले चाह्यो भने तिम्रो पतनको दिन जुनसुकै बेलापनि गरिदिन सक्छ।’

बिरोध सभालाई आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठले लगायतकाले नेकपाको सरकारले स्थानीय प्रहरी प्रशासन लगाएर कांग्रेस नेता, कार्यकर्तालाई दुःुख दिने काम गरिरहेको भन्दै बिरोध जनाएका थिए ।
बक्ताहरुले प्रधानमन्त्री असक्षम भइसकेको हुँदा कुर्सीमा बसिरहने नैतिकता गुमाई सकेको जिकिर गरे । उनीहरुले देशमा भ्रष्टचार व्याप्त बनेको, कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार निहरी सावित भएको जस्ता आरोप लगाए । जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको विरोध सभाको सहजीकरण जिल्ला सचिव शंकर डाँगीले गरेका हुन ।

त्यसअघि कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गर्दै घोराहीमा विशाल जुलुस प्रदर्शन गरेका थिए ।बिरोध कार्यक्रममा झन्डै ५ हजारको हाराहारीमा सहभागि रहेको दाबी नेताहरुले गरेका छन ।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *