दाङ, मंसिर २८ । बाँकेमा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ४ का ५० वर्षीय पुरुष र डोटीको दिपायल सिलगडी ५ का ४९ बर्षीय पुरुषको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार बिहान साढे ३ बजे नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत ५० बर्षीय दानबहादुर विष्टको मृत्यु भएको छ ।
बाँकेका फोकल पर्सन तेज वलीका अनुसार शिक्षा अधिकृत बिष्ट लाई मंसिर २५ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
स्वाशप्रश्सवामा समस्या उत्पन्न भएपछि उनी मंसिर २७ गते बेलुका अस्पताल भर्ना भएका थिए । भर्ना भएको केही घन्टाको अन्तरालमा उनको मृत्यु भएको छ ।
त्यस्तै डोटीको दिपायल सिलगडी ५ का ४९ बर्षीय पुरुषको उपचारका क्रममा शनिवार बेलुका पौने ८ बजे मृत्यु भएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए । मंसिर २७ गते मात्रै उनलाई कोरोना पुष्टि भएको थियो ।
यो सँगै बाँकेमा कोरोना संक्रमित १०९ जनाको मृत्यु भएको छ ।
जसमा बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि लगिएका ६८ र बाँके जिल्लाका ४१ जना रहेका छन् ।