तुलसीपुर, मंसिर २७ । तुलसीपुर नगर जेसिजको बर्ष २०२१ को अध्यक्षमा शिक्षक नारायण भट्टराईलाई चयन गरिएको छ । शनिवार भएको जेसिजको बार्षिक अधिबेशनले भट्टराईलाई सर्वसहमतिमा अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा वसन्त भण्डारी र कमल प्रकाश शर्मालाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा छविकुमार वली, बुद्धि सापकोटा, थुम्मन बिश्वकर्मा र शिब न्यौपानेलाई चयन गरेको छ । सचिबमा झग्गु सापकोटालाई चयन गरिएको छ ।
अधिवेशन बर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको हो । नयाँ पदाधिकारीलाई पूर्व अध्यक्ष झरेन्द्र खरेल, सूर्य प्रकाश शर्मा, दिपेश भन्डारी लगाएतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार