२०८१ भाद्र २५ गते मङ्गलवार

कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

काठमाडौं,मंसिर २६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुध्द २९ मंसिरमा देशभर प्रदर्शन गर्दैछ ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो ।

तनहुँ घटनाका साथै कोभिड–१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर ७७ जिल्लामै गर्न लागेको प्रदर्शनको नारा पनि कांग्रेसले तय गरेको छ ।

कांग्रेस केन्दीय कार्यालयले ‘मंसिर २९ गते देशव्यापी प्रदर्शनमा सहभागी बनौं, सर्वसत्तावाद र भ्रष्टाचारविरुध्द ऐक्यवद्धता प्रकट गरौं’ भन्दै प्रदर्शनका नारा तय गरेको हो ।

जसमा सर्वसत्तावादी ओली सरकार मुर्दावाद, जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा लगायत छन् ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *