२०८१ भाद्र २६ गते बुधवार

तुलसीपुरमा शान्ति समाजको मौन प्रदर्शन


तुलसीपुर, मंसिर २६ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा मौन पर्दशन गरेको छ ।आनबिक अस्त्र बन्द गर्न माग गर्दै समाजले बिहीवार विहान मौन प्रदर्शन गरेको हो । ‘आनबिक अस्त्र रहेसम्म यो धर्तीमा कोही सुरक्षित छैनन्’ भन्ने सन्देशका साथ मौन प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागी तुलसीपुर उपमहानगरपालिका स्तरिय अपाङ्गता सञ्जालकी महासचिव देवा डाँगीले आनबिक अस्त्रको प्रयोगले विश्वमा सयौं मानिसहरु अंगभंग तथा अपाङ्ग भएर कष्टकर जीवन यापन गर्न बाध्य भएको हुँदा विश्ववाट आनबिक अस्त्रको समुल नष्ट गर्न जरुरी रहेको तर्क गरिन । उनले आनबिक अस्त्रको प्रयोगले जन्मिने बालबालिका समेत अपाङ्ग भएर जन्मिने हुँदा आनबिक अस्त्र प्रयोग बन्द गर्न दबाब सृजना गर्न खोजेको बताइन ।

सहभागिहरुले अमेरिका, चीन, भारत, उत्तर कोरिया, रुस, ब्रिटेन, फ्रान्स, पाकिस्तान र इजरायल लगाएतका देशहरुलाई आनबिक अस्त्र समुल नष्ट गर भन्ने जस्ता नाराहरु लेखेका प्ले कार्ड बोकेका थिए । नेपाल– आनबिक हतियार निषेध सन्धि तत्काल अनुमोदन गर भन्ने जस्ता प्लेकार्ड पनि सहभागिले बोकेका थिए ।

कार्यक्रममा समाजका शाखा सभापति शरद रेग्मी, समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ लगाएत विभिन्न खाले अपाङ्गता भएका व्यक्तिहरुको पनि सहभागिता थियो ।

शान्ति समाजले शान्ति समाजले बिहीवार आणबिक अस्त्र बिरुद्ध काठमाडौंका ९ वटा राजदुताबास अगाडी र जिल्ला जिल्लामा प्रदर्शन गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *