२०८१ असोज ५ गते शनिवार

भ्रष्टचार र दण्डहिनताका कारण नागरिक आक्रोसित ः कृष्ण पहाडी

फाइल तस्विर

तुलसीपुर,मंसिर २४ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाल भ्रष्टाचार र दण्डहीनताका कारण नागरिकमा आक्रोस बढदै गएको बताएका छन् । अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अबसरमा आयोजित भर्चुअल अन्तरक्रियामा पहाडीले नेकपाको दुई तिहाई सरकारले पनि सुशासन दिन नसकेको बताए ।त्यसकारण शान्ति समाजले भ्रष्टाचार बिरुद्ध अभियान जारि राखेको पहाडीले तर्क गरे । बुधबार काठमाण्डौ शाखा लगायत देशका बिभिन्न स्थानमा प्रर्दशन गरिएको उनले बताए । शान्ति समाजले बिहीवार आणबिक अस्त्र बिरुद्ध ९ वटा राजदुताबास अगाडी र जिल्ला जिल्लामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा भएको अन्तरक्रियाको सहजिकरण महासचिब सुशील बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *