२०८१ भाद्र २५ गते मङ्गलवार

भ्रष्टाचार बिरुद्धको अभियानले गतिलिएको छ ः घिमिरे


अर्घाखाँची, मंसिर २४ । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले भष्टाचारमा शुन्य सहनशीलता बढेको दाबी गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवशको अवशरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरिय नागरिक सञ्जालको समन्वयमा भएको कार्यक्रमा घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचार बढ्नुको एथेष्ट प्रमाण नभएको जिकिर गरे ।

घिमिरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको हुँदा भ्रष्टाचार बिरोधी अभियानले गति लिएको उनको भनाई छ ।

सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई भ्रष्टाचार मुक्त नगर बनाउने बताए । भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारण आफैबाट सुरु गर्नुपर्ने तर्क गरे ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरङ्कुशताका साथ नीतिको कार्यान्वयन गरिने आश्वासन बाँडे ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *