तुलसीपुर, मंसिर २३ । दाङमा थप एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं। १८ निवासी ६६ बर्षीय पुरुषको मंगलवार विहान साढे १ बजेतिर मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलुझुण्डीका व्यवस्थापक द्रोर्ण वलीका अनुसार उनको मंसिर १६ गतेदेखि आइसियूमा उपचार भइरहेको थियो ।
स्वास्थ्यमा सुधार नआएपछि उनको उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिएका छन् । यो संगै बेलझुण्डी कोरोना विशेष अस्पतालमा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार