तुलसीपुर, मंसिर २० । पत्रकार चेतन रेग्मीकी ममतामही आमा स्वर्गिय बशन्तादेबी रेग्मीको संझनामा नेपाल पत्रकार महासंघ दाङ लगाएत विभिन्न संचार संगठनहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
रेग्मी निवासी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा शनिवार नेपाल पत्रकार महासंघ दाङ शाखा, नेपाल प्रेस यूनियन दाङ, प्रेस संगठन दाङ, प्रगतीसिल पत्रकार दाङ र चलचित्र पत्रकार संघ दाङले संयुक्त रुपमा शोक सभा गरि स्वर्गिय रेग्मी प्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको शोक सभामा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश वली, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुवेदी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिुव पुन लगाएतले स्वर्गिय रेग्मी प्रति श्रद्धाञ्जली मनतब्य व्यक्त गरेका थिए ।
उनीहरुले आमाको महिमाको बारेमा चर्चा गर्दै दुःखको सयमा धैर्यताका साथ आमाले सिकाएका असल कुराहरु अनुसरण गरेर अगाडि बढ्न पत्रकार रेग्मीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा स्वर्गिय बसन्तदेवि रेग्मीका कान्छा छोरा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस यूनियनका केन्द्रीय पार्षद पत्रकार चेतन रेग्मीले उपस्थित सबै पत्रकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ दाङकी सहसचिव शर्मिला डिसीले गरेकी हुन ।
पत्रकार रेग्मीकी आमा बशन्तादेबीको ७३ बर्षको उमेरमा ७ दिन पहिले निधन भएको थियो ।