२०८० चैत्र १५ गते बिहिवार

मतदानकालागी बिमल रिजालको अपिल

विमल रिजाल, केन्द्रिय सदस्यका प्रत्यासी नेपाल उद्योग वाणिज्य महासंघ

काठमाण्डौ, मंसिर १२। हामी विश्वव्यापिका रुपमा फैलिइरहेको कोभिड—१९को संक्रमणबीच पनि उद्योग वाणिज्यसंघको ५४औं साधारणसभा तथा अधिवेशनमा आगामि कार्यकालकालागी नयां नेतृत्व चयनको अन्तिम तयारीमा छौं । नयां नेतृत्व चयन गर्न र आम व्यवसायीहरुका अर्थपुर्ण एजेण्डाहरुलाइ स्थापित गर्नकालागी राजधानीमा भेला भएका छौं ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाइ छिचोल्दै नयां नेतृत्व चयन गर्न आतुर आम जिल्ला उद्योग वाणिज्यसंघ एवं नगर उद्योग वाणिज्यसंघका संपुर्ण नेतृत्व साथीहरुलाइ मेरो हार्दिक अपिल सार्वजनिक गर्न चाहन्छु । कोरोना भाइरसले विश्वकै अर्थतन्त्र ओरालो लागीरहेको अवस्थामा हामीपनि अछुतो रहन सकेका छैनौं । तैपनि कोरोना भाइरसको संक्रमणले थलापारेको मुलुकको अर्थतन्त्रलाइ उकास्नु हामी आम व्यवसायीहरुको सामुहिक दायित्व हो ।

हामी साना, मझ्यौला देखि ठुला व्यवसायीहरुबीचको सहकार्यले मात्र मुलुकको अर्थतन्त्र सवलीकरण र वैदेशिक व्यापारघाटाको अवस्थामा सुधार हुने हो । त्सकालागी सवल नेतृत्व चुन्नकैलागी हामी अधिवेशनको अन्तिम तयारीमा जुटेका छौं । यसै सन्दर्भमा मैले पनि खुल्लातर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको आम व्यवसायीहरुलाइ जानकारी गराउन चाहन्छु ।

हामीले राज्यलाइ कर तिरेका छौं, त्यसैले व्यवसायीक सुरक्षा हाम्रो अधिकार हो । त्यसकालागी राज्यसंग अहोरात्र वकालत गरीरहनेनै छौं । दोहोरो कर तथा एम्वुश कर हामीलाइ स्वीकार्य छैन, त्यसलाइ हटाउन हामीले संगठित भएर आवाज उठाउनै पर्दछ । सानो ढेव्लीमा व्यावसाय गर्ने होस वा ठुला मल र डिपार्टमेन्टल स्टोर सन्चालन गर्ने व्यवसायी र ठुला उद्योगीहरु सवैका समस्यालाइ समाधानगर्न एउटा सवल नेतृत्वको अपेक्षा स्वाभाविकै हो ।

हाम्रो श्रमबजार सस्तो छ, त्यसैले पनि यहां उत्पादनमुलक उद्योग सन्चालन हुन सके हाम्रो धेरै पुजि विदेश जान पाउदैन । आन्तरीक रोजगारीको बृद्धि मेरो अर्को एजेण्डा हो । राजधानीदेखि हरेक ग्रामिण बस्ती सम्म पनि उद्योग स्थापना र सन्चालन हुनुपर्दछ । हामी सहलगानीको प्रतिवद्धता सहित गैरआवाशिय नेपालीहरुलाइ पनि हरेक क्षेत्रमा स्वागत गर्न तयार छौ । विगत लामो समयदेखि व्यापार व्यवसायमा आवद्ध भै तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरीसकेको यहांहरु सवैलाइ अवगत गराउन चाहन्छु ।

हामी उद्योगी व्यवसायीहरुको छातासंगठनलाइ राजनितिक आवरण वाहिर राख्न चाहन्छौं, कुनैपनि अनैतिक राजनितिक हस्तक्षेपका विरुद्ध हामी जुझारु भएर अघि बढ्ने पनि मेरो प्रतिवद्धता हो । अतः यो विश्वव्याधीकाबीच पनि सम्पन्न हुन थालेको अधिवेशनमा म केन्द्रिय सदस्यको उम्मेदवार विमल रिजाललाइ मतदान गर्न हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *