२०८१ बैशाख ७ गते शुक्रवार

बबईमा नीतिगत कार्य योजना बारे छलफल


हापुरे,मंसिर ११ । बबई गाउँपालिकामा बिपद जोखिम न्यूनिकरणको नीतिगत कार्य योजना तर्जुमा गर्नेबारे बिहीवार छलफल भएको छ ।बबई गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको प्राबिधिक सहयोगमा बिपद जोखिम न्यूनिकरणको लागि नीतिगत छलफल गरेको हो । विपद जोखिम नीति २०७७ र रणनीतिक कार्य योजनाको विषयमा छलफल केन्द्रित थियो ।

ईको एग्रोले बबई गाउँपालिकाका सम्पुर्ण वडामा गरेको नीतिगत र कार्य योजना सुझाब संकलनका आधारमा तयार गरेको मस्यौदा माथि छलफल भएको हो । पालिकास्तरमा बिपद ब्यबस्थापनका लागि सन २०२० देखि २०३० सम्मका लागि नीतिगत कार्य योजना तयार पारिएको छ । त्यो लागु गर्ने सवालमा पनि छलफल केन्द्रित भएको हो ।

छलफलमा स्थानीय बिपद ब्यबस्थापन समितिका पदाधिकारी, सरोकारवाला निकाय सदस्य, नेपाल रेडक्रसका पदाधिकारी, कर्मचारीको सहभागीता रहेको थियो ।

छलफलमा अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिक, वडा अध्यक्ष नन्दलाल वली, महाबिर चौधरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, विपद परियोजना ब्यबस्थापक कृष्ण बसौला, इको एग्रोका मरामर्सदाता चक्र बम, परियोजना दाङ जिल्ला संयोजक सन्तोस ढकालको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *