
तुलसीपुर,कात्तिक २१ । मेची महाकाली साईकल टुरमा निस्किएको विश्व साईकल यात्री पुष्कर शाहसहितको टोली शनिवार दाङ आइपुग्ने भएको छ । कात्तिक १९ गते महाकालीवाट टुर सुरु गरेको टोली शुक्रवार बेलुका बाँके आइपुगेको छ । साईकल टोली शनिवार बेलुका अमिलियामा आइपुग्ने दाङ जिल्ला साईकल संघका अध्यक्ष रेशम केसीले जानकारी दिए ।
उक्त टोली आइतवार तुलसीपुरस्थित शान्ति पार्कमा आउने भएको छ । त्यसपछि सोही दिन बेलुका बास बस्न घोराही जाने छ । घोराहीवाट प्यूठानको स्वर्गद्धारी हुँदै फेरि बुटवल तर्फ प्रस्थान गर्ने छ । त्यसपछि उक्त टोली पाल्पा हुँदै पोखरा र नारायणघाट पूर्व मेचीको काँकटभित्ता पुग्ने गरि रुट तय गरिएको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले टुरमा निस्किएको साईकल टुरमा २ महिलासहित झन्डै २ दर्जन जति सहभागि छन् । उनीहरुको साथमा टेन्ट र कुक म्यानहरु पनि छन् । तर, उनीहरु भने गाडीमा यात्रा गरिरहेका छन् । उनीहरु जहाँ रात पर्छ त्यही टेन्ट टाँगेर बास बस्ने गर्छन ।
