२०८३ असार ६ गते शनिवार

कोरोनाले काँग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा, अवस्था गम्भीर

File Photo

काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मिन मिन विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

कोरोना संक्रमन पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  फोक्सोको निमोनिया र श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नेता विश्वकर्मालाई ग्राण्डी अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्दै आइएको जानकारी दिएको छ । 

यसैबीच नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नेता विश्वकर्माको स्वास्थ्य बिग्रँदै गएको भन्दै उपचारमा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी आग्रह गरेको खाँणको सचिवालयले जनाएको छ।

खाँणले शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि टेलिफोन गरी विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी नेता विश्वकर्माको उपचारमा गम्भीर बन्न र सहयोग गर्न आग्रह गरेको  खाँणको सचिवालयले जानकारी दिएको छ । 

विश्वकर्मालाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी केहि दिन होम आइसोलेसन बसेका थिए।

ज्वरो बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी वीर अस्पताल र पछिल्लो ५ दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *