दाङ, असोज ३० । प्रहरीले घोराहीका विकाश पुनलाई पक्राउ गरेको छ । पुनलाई गएराति घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले फरककोणलाई बताए । चन्दले पुनलाई पक्राउ गर्नुको कारण भने खुलाएनन् । ‘ पुनसंग केहीकुरा सोधपुछ गर्नका लागि हामीले ल्याएका हौं,’ चन्दले भने ‘ सोधपुछ गर्न बाँकी नै छ । त्यसपछि भनौंला।’
अर्का एक प्रहरी अधिकारीले भने पुनलाई पुराना मुद्दाहरुका कारण पक्राउ गरिएको बताए ।
‘पुनको विगतको छवि राम्रो देखिदैन,’ ती प्रहरी अधिकारीले भने ‘ त्यही भएर उनलाई पक्राउ गरिएको हुन सक्छ ।’केही वर्ष पहिले ज्यान मार्ने उद्योग अन्तरगतको एउटा मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ बर्ष कैदको फैसला गरेको थियो । जुन मुद्दा हालपनि सर्बोच्चमा विचाराधिन छ ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार