२०७७ कार्तिक १५ गते शनिवार

नवनियुक्त मन्त्रीहरुले आज सपथग्रहण गर्ने

काठमाडौं, असोज २९ । आज नवनियुक्त मन्त्रीहरुको सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार बिहान ११ बजे सपथ गर्ने कार्यक्रम राखेको हो ।

मन्त्रिमण्डल पुनर्गठन गरेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् भने यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गरेकी हुन् ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *