२०८१ बैशाख ७ गते शुक्रवार

नारायणकाजीलाई बाबुरामको कडा जवाफ

काठमाडौं, असोज २८। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कडा जवाफ दिएका छन । भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन्।

उनले सामाजिक संजाल ट्वीटरमा नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ।’

भट्टराईले बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसउपर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेका थिए।

ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्। उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन्।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *