काठमाडौं, असोज २८। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार