२०७७ कार्तिक १५ गते शनिवार

त्रिवि स्नातक र स्नातकोत्तरको परीक्षा मंसिर तेस्रो साता हुने


काठमाडौं, असोज २५ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीरको तेस्रो साता सञ्चालन गर्ने भएको छ ।

त्रिविको सेमेस्टर प्रणालीअन्तर्गत स्थगित भएका स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिरको तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परिक्षा सम्बन्धि सुचना चाडै निकाल्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *