
फाइल तस्विर
दाङ,असोज २३ । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ।सभामुख घर्तीलाई सामान्य रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी एक्सपर्ट मेसिनमार्फत पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
सभामुख घर्तीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ । कोरोना पुष्टि भएसंगै उनी होम आईसोलेसनमा बसेका छन् । शुक्रबार नै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार