घोराही, मंसिर १८ ।
अंग्रेजी माध्यमको पढाईलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकलाई उपमहानगरको शिक्षा महाशाखाले अंग्रेजी शिक्षकलाई तालिम दिएको हो ।
तालिमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भब हुने बताए । गुणस्तरिय शिक्षाले नै दक्ष र क्षमतावान जनशक्ति उत्पादन गर्ने भन्दै मेहनत गर्न शिक्षकलाई आग्रह गरे ।
शिक्षक अनुशासित, मेहनती र लगनशिल भए मात्रै विद्यार्थीले सहि शिक्षा पाउने उनको तर्क थियो । उनले विद्यार्थी भन्दा तीन गुणा मेहनत गरेर विद्यार्थीलाई पढाउन आग्रह गरेका छन् ।
उपप्रमुख सीता सिग्देल न्यौपानेले विद्यार्थीलाई दवावमा नभई बोध हुने वातावरणमा पठनपाठन गराउन आग्रह गरिन । देश बनाउने आधार शिक्षकको हातमा रहेको भन्दै उनले नगरको शिक्षालाई उत्कृष्ठ बनाउन थप जिम्मेवार बन्न आग्रह गरिन ।
त्यसैगरी, शिक्षक महासंघ घोराही नगरका संयोजक निशान्त आचार्यले शिक्षकको मेहनत विना शिक्षण सिकाई र विद्यार्थीमा परिबर्तन आउन नसक्ने बताएका थिए ।